दफा २०
अपाङ्गता भएका बालबालिकाको अधिकार
: (१) अपाङ्गता भएका बालबालिकालाई आफ्नो मान, प्रतिष्ठा सुनिश्चित गर्ने, आत्मनिर्भरता प्रबद्र्धन गर्ने, समाजमा सक्रिय रुपले सहभागी हुने तथा सम्मानजनक तवरले जीवन व्यतीत गर्ने अधिकार हुनेछ ।
(२) अपाङ्गता भएका बालबालिकालाई समाजमा घुलमिल हुन तथा आफ्नो व्यक्तिगत विकासको लागि शिक्षा, तालिम, स्वास्थ्य, स्याहार सेवा, पुनस्र्थापना सेवा, रोजगारीको तयारी तथा मनोरञ्जनका अवसर प्राप्त गर्ने अधिकार हुनेछ ।
(३) अपाङ्गता भएका बालबालिकालाई अन्य बालबालिका सरह समान आधारमा निजलाई प्रभाव पर्ने विषयमा आफ्नो धारणा व्यक्त गर्ने अधिकार हुनेछ र उनीहरुका धारणालाई उमेर र परिपक्वताको आधारमा उचित सम्मान दिइनेछ ।
(४) अपाङ्गता भएका बालबालिकालाई निजको सर्वाेत्तम हितका लागि अदालतबाट आदेश भएको अवस्थामा बाहेक अपाङ्गता भएका कारणबाट निजको घर परिवारबाट अलग गरिने छैन ।
(५) नेपाल सरकारले बौद्धिक अपाङ्गता, मानसिक अपाङ्गता, अटिज्म, मस्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइ लगायतका विषयमा उपयुक्त व्यवस्था गर्नेछ ।
(६) अपाङ्गता भएका बालबालिकालाई तोकिए बमोजिमको विशेष संरक्षणको अधिकार हुनेछ ।